माओवादीको बन्दसत्र शुरु

नेपालभ्युज

माओवादीको बन्दसत्र शुरु

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को बन्दसत्र शुरु भएको छ। आइतबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी माओवादीको आठौं राष्ट्रिय महाधिवेशअन्तर्गत आज बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नेछन् ।

माओवादीको बन्दशत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ। नयाँ नेतृत्वका लागि १५ पदाधिकारीसहित २९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ।

बिहान ११ बजेदेखि बन्दसत्र शुरु गर्ने कार्यतालिका रहे पनि कार्यक्रम केही ढिलोगरी शुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved