क्रिसमसले सुसंस्कृत र समुन्नत नेपाल निर्माणमा प्रेरणा दिओस् : राष्ट्रपति

नेपालभ्युज

क्रिसमसले सुसंस्कृत र समुन्नत नेपाल निर्माणमा प्रेरणा दिओस् : राष्ट्रपति
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डेकाे अवसरमा शुभकामना व्यक्त गरेकी छन्। शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएकी छन्।

उनले क्रिसमस डेजस्ता पर्वले सबै नेपालीबीच आपसी विश्वाश, प्रेम र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुन सबैमा प्रेरणा प्रदानका लागि कामना गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved