बालक अपहरणको अभियोगमा भारतीय युवा प्रहरी हिरासतमा

नेपालभ्युज

बालक अपहरणको अभियोगमा भारतीय युवा प्रहरी हिरासतमा

जनकपुरधाम। जनकपुरधामबाट अपहरणमा परेका एक १४ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरणको आरोपमा एक भारतीय युवा समातिएका छन्।

पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी वडा नं. १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोक स्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाले आफ्नो घर नजिकैबाट बुधबार झन्डै साँझ ७ बजेदेखि १४ महिने छोरा कृष्ण मुखिया हराएपछि  प्रहरीमा जानकारी गराएका थिए। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठाकुरलाई भारततर्फ बच्चा लिएर भाग्दै गरेको अवस्थामा भेटेको हो।

ठकुरलाई बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सिमाना नजिकैबाट नियन्त्रणमा लिइएको प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। प्रहरीले उनलाई हिरासतमा राखेर घटनाको छानविन गरिररहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved