यसरी डुबेको थियो लाशमा ड्रग्स लुकाउने फ्रयाङ्क लुकासको साम्राज्य

जेलबाट रिहा भएपछि कार दुर्घटनाको शिकार भएर फ्रयाङ्कले जीवनको उत्तराद्र्ध ह्वीलचेयरमा बिताउनुपर्यो। सन् २००७ मा प्रदर्शनमा आएको ‘अमेरिकन ग्याङस्टार’ फ्रयाङ्ककै जीवनीमा बनेको फिल्म थियो। यस फिल्मलाई रिड्ले स्कटले निर्देशन गरेका थिए।

नेपालभ्युज

यसरी डुबेको थियो लाशमा ड्रग्स लुकाउने फ्रयाङ्क लुकासको साम्राज्य

एजेन्सी। अमेरिकामा ठूला संगठित अपराध गर्नेको सुचीमा फ्रयाङ्कको नाम छुट्दैन। सैनिकको लाशमा ड्रग्स राखेर तस्करी गर्ने फ्रयाङ्कको मृत्यु ८८ वर्षको उमेरमा ३० मेई २०१९ मा भएको थियो।

९ सेप्टेम्बर १९३० मा अमेरिकाको नर्थ क्यारोलिनमा जन्मिएका फ्रयाङ्कले सानैदेखि चोरी गर्न सिकेको थियो। उ बस्न‍े ठाउँ नै त्यस्तो थियो, जहाँ दैनिक चोरी र हत्या भइरहन्थ्यों।

६ वर्षको छँदा फ्रयाङ्कले आफ्नै दाजु मारिएको घटना प्रत्यक्ष देख्यो। यसको उसको बाल मस्तिष्कमा नकारात्मक छाप गहिरोसँग पर्यो‍। घरको आर्थिक अवस्था बिग्रन थालेपछि फ्रयाङ्क समस्यामा थियो, उसले भोक मेटाउनका लागि खाना चोर्न थाल्यो। कहिले पसलहरुबाट सामान, त कहिले रक्सीले मातेकाहरुको गोजीबाट पैसा चोर्न थाल्यो।

घरको आर्थिक अवस्था बिग्रिएकाले उसले पसलमा जागिर थाल्यो, र एकदिन आफ्ना मालिक नभएको मौका पारेर पसलबाटै ४ सय डलर चोर्यो‍ । यसपछि पुलिस फ्रयाङ्कको घर पुग्यो । र, पुलिसबाट बच्नका लागि भागेको फ्रयाङ फेरि कहिल्यै फर्किएर घर आएन।

न्युर्योकको हार्लेम फ्रयाङ्कको नयाँ गन्तव्य बन्यो। यहाँ अपराध बढिरहेको समय फ्रयाङ्क घुसेको थियो। उसले अन्य अपराधीहरूसँग माथिल्लो स्तरको चोरी गर्न सिक्यो।
यही समय उसले न्युर्योकको एक अध्येंरो गल्लीमा त्यस समयको एक ठूलो ग्याङ्गस्टार जोनसनसँग भेट्यो। जोनसनले शुरुमा फ्रयाङ्कलाई आफ्नो ड्राइभर बनायो ।

फ्रयाङ्कका लागि यो ठूलो उपलब्धि थियो। उसले हरेक अपराधमा जोनसनलाई साथ दिन थाल्यो। जोनसनसँगको संगतका कारण यतिबेलासम्म न्युर्योकका अन्य अपराधीहरुले फ्रयाङ्कलाई चिनिसकेका थिए।

झन्डै १५ वर्ष यसरी नै बित्यो र १९६८ को एक दिन जोनसनको मृत्यु भयो। यसपछि जोनसनका सबै कारोबार फ्रयाङ्कले सम्हाल्न थाल्यो। जोनसनले खडा गरेको ड्रग्सको जालोलाई साम्राज्य बनाउने उसको चाहना थियो।

उसले अमेरिकाका धेरै युवाहरुलाई ड्रग्स र हेरोइन बेच्यो। यतिबेलासम्म बाहिरी देशहरूबाट ड्रग्स भित्र्याउने बिचौलियाहरुलाई फ्रयाङ्कले आधा रकम दिने गरेको थियो।
बिस्तारै उसले सबै रकममा नजर लगाउन थाल्यो र यसपछि ड्रग्समा ग्याङ वार घुस्यो। दुश्मनहरु बढेपनि फ्रयाङ्कलाई पर्वाह थिएन।

ऊ आफ्नो साम्राज्यको एक्लो मालिक बन्न चाहन्थ्यों र छोटो समयमै बिचौलिया र दुश्मनहरुलाई पाखा लगाएर यसमा सफल पनि भयो। उसले सिधैं विदेशबाट ड्रग्स मगाएर बेच्न थाल्यो। तर, सधैं उसको धन्दा सहज रूपमा चलेन। अमेरिकामा पुलिसले पनि ड्रग्स कारोबारलाई सुक्ष्म ढंगले नियालिरहेको थियो। त्यसैले ड्रग्स भित्र्याउन सकस पर्‍यो।

त्यसपछि पुलिसको आँखा छलेर तस्करी गर्ने नयाँ–नयाँ बाटाहरू उसले समात्यो। ड्रग्स किन्नका लागि फ्रयाङ्क दक्षिण एशिया र दक्षिणपूर्वी एशियासम्म पुग्यो।
थाइल्यान्डमा ‘ब्लु म्याजिक’ नाम ड्रग्स किनेपछि आफ्नो कारोबार चम्कनेमा ऊ ढुक्क थियो।

किनकी, ९८ प्रतिशत शुद्ध मानिएको ‘ब्लु म्याजिक’ सेवनका लागि ड्रग्सका दुव्र्यसनीहरु लागि जतिसुकै पैसा तिर्न पनि तयार थिए। तर, अमेरिकामा भित्र्याउन सहज थिएन। उसले पुलिसलाई नै यसमा प्रयोग गर्‍यो।

यतिबेला अमेरिका भियतनाम युद्धमा थियो र त्यहाँबाट दैनिक रूपमा मृतक सैनिकहरूको लाश आउथ्यों। अमेरिकामा कुनै पनि सहिदको लाशलाई जाँच नगरी परिवारमा हस्तान्तरण गर्ने गरिएको थियो। फ्रयाङ्कले भ्रस्टा अमेरिकी अफिसरहरूको सहयोग लिएर ती लाशहरूमा नै ड्रग्स राखेर पठाउन थाल्यो।

फ्रयाङ्कले कम्तिमा ५ सय सैनिकको लाशमा यसरी ड्रग्स राखेर पठाएको अमेरिकी अधिकारीहरूको अनुमान छ। अमेरिकामा धेरै युवाहरू ड्रग्सको दुव्यर्सनमा पर्न थालेपछि सरकारले यसविरूद्ध कडा अपरेशन थाल्यो।

१९७१ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले ‘ड्रग्स युद्ध’ शुरु भएको घोषणा गरे। ड्रग्सको उत्पादन, वितरण र उपभोगलाई निरूत्साहित गर्नेगरी एकपछि अर्को नीतिहरु ल्याइयो। १९७५ जनवरीमा फ्रयाङ्कको घरमा छापा मार्दा ठूलो परिमाणमा ड्रग्स र धेरै पैसा बरामद भयो। यसपछि फ्रयाङ्कलाई हिरासतमा राखियो। अदालतले सुरुवातमा ७० वर्ष जेलसजाय तोक्यो।

तर, प्रहरीलाई ड्रग्स सम्बन्धी महत्वपूर्ण सूचना दिएर आफैंले खडा गरेको साम्राज्य तहस–नहस गर्न भूमिका खेलेपछि उसको सजाय धेरै कम गरियो। उसलाई १९८१ मा रिहा गरिएको थियो। १९८४ मा फेरि अर्को मुद्दा पर्यो‍।

जसकारण, १९९१ सम्म उसले जेलमा बिताउनुपर्यो। जेलबाट रिहा भएपछि कार दुर्घटनाको शिकार भएर फ्रयाङ्कले जीवनको उत्तराद्र्ध ह्वीलचेयरमा बिताउनुपर्यो। सन् २००७ मा प्रदर्शनमा आएको ‘अमेरिकन ग्याङस्टार’ फ्रयाङ्ककै जीवनीमा बनेको फिल्म थियो।

यस फिल्मलाई रिड्ले स्कटले निर्देशन गरेका थिए। यस फिल्ममा अभिनेता डेन्जल वासिङटनले फ्रयाङ्कको भूमिका निर्वाह गरेका थिए। रोचक कुरा, उनको अभिनयबाट फ्रयाङ्क निकै प्रभावित थियो।

‘‘फिल्ममा त्यस्ता धेरै दृश्यहरू छन्, जो साँचो होइन। उनीहरूले त्यस्ता धेरै अवस्थाहरू फिल्ममा छुटाएका छन्, जो समावेश भए हुन्थ्यों भन्ने मेरो चाहना थियो,’’ फ्रयाङ्कले भनेको थियो,‘‘डेन्जलले मेरो भूमिका निकै शान्दार तरिकाले निर्वाह गरे। योभन्दा राम्रो अभिनय हुनै सक्दैंन थियो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved