विद्यालयमा बेहोस भएका विद्यार्थीको मृत्यु

विद्यालयमा बेहोस भएका विद्यार्थीको मृत्यु
सांकेतिक तस्वीर।

तनहुँ । विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो।

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए। विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो।

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए। मृतकका आफन्तलाई खबर गरिसकिएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए। “मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौं, गरिबीका कारण उपचार गराउन सकेका थिएनन्,” उनले बताए।


Comment

One thought on “विद्यालयमा बेहोस भएका विद्यार्थीको मृत्यु

  1. गरिबीका कारण मृतु कति दुख लाग्दो घटना, कहिले पाउलान निसुल्क स्वस्थ सेवा हामि नेपालि जनताले ? l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved