प्रदेश २ नामकरण : जसपा र माओवादीको प्रस्तावमा लोसपाको समर्थन

नेपालभ्युज

प्रदेश २ नामकरण : जसपा र माओवादीको प्रस्तावमा लोसपाको समर्थन

जनकपुरधाम। प्रदेश २ को नामकरणका लागि आज बसेको प्रदेशसभा बैठकमा पाँच वटा प्रस्ताव पेश गरिएको छ। बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश गरिएको हो।

‘मधेश प्रदेश’ प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले गरेको छ भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ।

त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट ‘जानकी प्रदेश’ प्रस्ताव पेश गरिएको छ। नेपाली कांग्रेसले भने ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ भने कांग्रेसकै अर्को प्रदेशसभा सदस्यले ‘मध्य मधेश’ प्रदेश प्रस्ताव पेश गरेका छन्।

जसपाका तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रका तर्फबाट भरत प्रसाद साह, नेकपा (एस)को तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसका तर्फबाट शिवचन्द्र चौधरीले नाम प्रस्ताव पेश गरेका हुन्। कांग्रेसकै राजेश्वर प्रसाद शाहले ‘मध्यमधेश’ नाम प्रस्ताव पेश गरेका हुन्।

नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरण प्रस्ताव भने आज पेश हुन सकेन। एमाले प्रदेश सांसद शारदा थापाले प्रदेश नामकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव सभामुख सरोज यादवले कार्यसूचीबाट हटाइदिएका जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved