एमाले नाराबीच चल्यो संसद् : प्रदेश प्रहरी र रेल्वे अध्यादेश स्वीकृत

नेपालभ्युज

एमाले नाराबीच चल्यो संसद् : प्रदेश प्रहरी र रेल्वे अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ। बैठक शुरु हुन लाग्दै गर्दा एमालेका सांसदहरूले उठेर नाराबाजी गरेका थिए।

सभामुख अग्नि सापकोटाले एमालेका सांसदहरूलाई सभाको नियमित पक्रियामा प्रवेश गरी आफ्ना असहमति राख्न अनुरोध गरे पनि उनीहरूले लगातार नाराबाजी गरेका थिए। सभाको बैठक सुव्यवस्थित तरिकाले सम्पन्न गर्न र आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।

उनले नेपालको संविधानको धारा सम्झाउँदै एमाले सांसदहरूलाई सम्झाइरहे पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा सर्वोच्चता कायम गर्’ पार्टी फुटाउने अध्यादेश खारेज गर’ जस्ता नारा लगाएका थिए।

एमालेको विरोधबीच सभामुख सापकोटाले खाली रहेको रक्षा मन्त्रालय प्रधानमन्त्रीमातहत रहेको जानकारी गराए।

सांसद प्रेम सुवालले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरे। सांसद सुवालले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएको घटना गृहमन्त्रीलाई जानकारी गराए। उनले आरआर कलेजमा हिजो भएको घटना पनि संसदमा जानकारी गराए।

विरोध भइरहेको एमसीसी खारेज गराउन पनि उनले माग गरे। सुवाल बोलिरहँदा पनि एमाले सांसदहरूले नारा लगाइरहेका थिए।

‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

त्यस्तै सांसद सुवालले नै “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गरेका थिए। उनले संविधान संशोधन गरी अपराधीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए। यस्तै उनले एमबीबीएस अध्ययनरत विद्यार्थीहरूलाई मेडिकल कलेजले ठगेको भन्दै यसको छानबिनको माग गरे। उनले प्रदेशमा भागबण्डा मिलाउन पनि मन्त्रीहरू नियुक्त गरेको भन्दै यतातिर पनि संघीय सरकारको ध्यान जानुपर्ने बताए।

सांसद सुवालले “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

त्यस्तै सांसद सुवालले नै “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत आज सदनमा प्रस्तुत गरेका थिए। उक्त अध्यादेश पनि बहुमतले स्वीकृत भएको छ।

यसैगरी रेल्वे अध्यादेश, २०७८ लाई पनि सांसद सुवालले अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेका थिए। यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रेणुकुमारी यादवले अध्यादेशको पक्षमा प्रस्ताव प्रस्तुत गरिन्। यस प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले जानकारी गराए।

अर्को बैठक १८ पुस आइतबार बस्नेगरी बैठक स्थगित गराएको सभामुख सापकोटाले जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved