मोदीले गरे, मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल गरेका छन्।

नेपालभ्युज

मोदीले गरे, मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल गरेका छन्। कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेश मन्त्रीसँग उनले छलफल गरेका हुन्।

भेटमा पाँच देशका विदेशमन्त्रीले भारतसँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। प्रधानमन्त्री मोदीले पनि दिगो र स्थायी सम्बन्धमा जोड दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै उनले भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिए।

भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि उपस्थित थिए। भारत–मध्य एसिया संवादको तेस्रो बैठकमा सहभागी हुन मध्य एसियाली देशका विदेश मन्त्रीहरू नयाँ दिल्लीमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved