प्रदेश २ सभा बैठक डाकियो, प्रदेश नामकरण र राजधानी प्रस्ताव हुने

नेपालभ्युज

प्रदेश २ सभा बैठक डाकियो, प्रदेश नामकरण र राजधानी प्रस्ताव हुने

जनकपुरधाम। प्रदेश नम्बर २ को प्रदेशसभाको आठौँ अधिवेशन भोलि (बुधबार) का लागि आह्वान गरिएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि आह्वान गरेका हुन्।

बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवको अनुसार भोलि बस्ने बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई जानकारी गराइएको छ। उनले भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको जनाए।

यद्यपि, नेपाली कांग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्यहरू महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्ता पक्षको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved