ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

नेपालभ्युज

ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका पूर्वनेता भीम रावलले एमालेमा केपी ओलीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको बताएका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयमाथि टिप्पणी गर्दै उनले एमालेको मनोनयन, जिम्मेवारी र कार्यविभाजन गुटस्वार्थ प्रेरित अहम् तुष्टीको नमूना भएको बताएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले पार्टीको हितका लागि यस्तो प्रवृत्ति हट्नुपर्ने बताएका छन्।

आइतबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रीय कमिटीदेखि स्थायी कमिटी र पोलिटब्यूरोसम्म गठन गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved