राप्रपा महाधिवेशन : कमल थापाले हारे पनि उनकै पक्षमा वर्चस्व

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्षका उम्मेदवार कमल थापाले हारे पनि पदाधिकारीमा उनी पक्षकै वर्चस्व छ।

नेपालभ्युज

राप्रपा महाधिवेशन : कमल थापाले हारे पनि उनकै पक्षमा वर्चस्व

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अध्यक्षका उम्मेदवार कमल थापाले हारे पनि पदाधिकारीमा उनी पक्षकै वर्चस्व छ। राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन्।

त्यसैगरी तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भए। उनी थापा पक्षकै हुन्। यस्तै, कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १ हजार ९ सय ४४ मत ल्याएर विजयी भए। थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी भए।

महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी भइन्। उनले १ हजार ६ सय ८९ मत पाएकी छिन्। महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी भएका छन्।

भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी भए। यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी भइन्। अध्यक्षमा भने कमल थापा राजेन्द्र लिङ्देनसँग दुई सय मतले पराजित हुनु भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved