राप्रपा महाधिवेशन – अझैं १५ सय प्रतिनिधिले मतदान गर्न बाँकी

मतदान राति नै सकेर मतगणना शुरु गरिने

उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदाता अन्योलमा परेको बताइएको छ।

नेपालभ्युज

राप्रपा महाधिवेशन – अझैं १५ सय प्रतिनिधिले मतदान गर्न बाँकी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतगणना जारी छ। शनिबार अबेर गरी शुरु भएको मतदान प्रक्रिया जारी रहेकाले मतगणना निर्धारित समयभन्दा धकेलिने लम्बिने भएको छ। राति साढे ९ बजेसम्म २९ सय प्रतिनिधिले मतदान गरेका छन्। अझैं १५ सय मत खस्न बाँकी रहेको छ।

एक जना प्रतिनिधिलाई मतदान गर्न १५ मिनेटभन्दा बढी लाग्ने गरेको छ। उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदाता अन्योलमा परेको बताइएको छ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् । राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन्। नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन्। राति नै मतदान सकेर मतगणना शुरु गरिने निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved