सरोकारवाला भन्छन्, ‘नयाँ बसपार्क २४ घण्टा सञ्चालन गर्नुपर्छ’

कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई २४ घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। यसका लागि व्यवसायीहरु तयार रहेको उनले बताए।

नेपालभ्युज

सरोकारवाला भन्छन्, ‘नयाँ बसपार्क २४ घण्टा सञ्चालन गर्नुपर्छ’
फाइल तस्वीर

काठमाडौं। गोंगबुस्थित नयाँ बसपार्क २४ घण्टा सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।

नयाँ बसपार्कस्थित कान्तिपुर मलले आयोजना गरेको दशैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई २४ घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन्।

कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई २४ घण्टा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। यसका लागि व्यवसायीहरु तयार रहेको उनले बताए।

कान्तिपुर मल व्यापार संघका अध्यक्ष जीतबहादुर कटुवालले कोरोनाले थला परेको व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए।

कार्यक्रममा उपहार योजनामा प्रथम हुने काठमाडौं कपनकी यमुना वाग्लेलाई दुई लाख ९० हजार मूल्य बराबरको १५० सीसीको यामाहा कम्पनीको मोटरसाइकल, दोस्रो हुने चितवनका समीर भट्टराईलाई दुई लाख ६७ हजार ९०० पर्ने १२५ सीसीको यामाहा कम्पनीको स्कुटर, तेस्रो हुने लमजुङकी सरिता अधिकारीलाई ४० हजार मूल्य बराबरको टेलिभिजन र चौंथो हुने चन्द्रा खड्कालाई २५ हजार रुपैयाँ बराबरको फ्रिज प्रदान गरिएको थियो।

विसं २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलमा करीब २०० व्यावसायिक सटर सञ्चालनमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved