एमाले महाधिवेशन

बन्दसत्रस्थलमा प्रतिनिधिको भीड, आइपुगेनन् शीर्ष नेता

नेम्बाङ ओलीबाहेक नेता नमान्ने, टसमस भएनन् रावल

बन्दसत्रस्थलमा प्रतिनिधिको भीड, आइपुगेनन् शीर्ष नेता

चितवन । चितवनमा जारी नेकपा (एमाले) महाधिवेशनको दोस्रो दिनको बन्दसत्र पनि अपेक्षित समयभन्दा ढिलो शुरु हुने भएको छ। १२ बजेबाट दोस्रो दिनको बन्दसत्र शुरु गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तमाङले बताए पनि बन्दसत्र हालसम्म सञ्चालन हुन सकेको छैन। बन्दसत्रस्थलमा प्रतिनिधिको भीड लागे पनि पार्टीका शीर्ष नेताहरू यहाँ आइपुगेका छैनन्।

सहमतिका लागि भन्दै नेताहरू विभिन्न होटलमा छललफलमा रहँदा बन्दसत्रमा शीर्ष नेताको उपस्थिति छैन। बिहानभर आफूपक्षीय नेतासँग भेटघाट गरेका ओलीले केही समयअघि अध्यक्ष पदका दाबेदार भीम रावलसँग छलफल गरेका छन्।

छलफलमा ओलीले रावललाई उपाध्यक्षमा रहेर सहयोग गर्न आग्रह गरेको बुझिएको छ। सहमतिको महाधिवेशन भनेर प्रचार गरिए पनि सहमतिमा नटुंगिने देखिँदै गर्दा ओलीले रावलसमक्ष यस्तो आग्रह गरेका हुन्।

रावलसँग आफूपक्षीय नेतासँग पनि छलफलमा गरेका ओलीले आफ्नै पक्षका नेतालाई पनि सहमतिमा ल्याउन सकेका छैनन्। वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी पेश गर्ने बताएका नेता सुवास नेम्वाङले ओली बाहेकलाई आफूले नेता मान्न नसक्ने बताउन थालेका छन्।

आफूनिकट नेतासँगको कुराकानीमा नेता नेम्वाङले ईश्वर पोखरेललाई आफूभन्दा माथिल्लो पद दिँदा पार्टीमा आफूले गरेको योगदानको अवमूल्यन् हुने बताउन थालेका छन्।

वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेन बताएका नेम्वाङलाई घनश्याम भूसाललगायत नेताको समर्थन रहेको दाबी गरिएको छ। नेता नेम्वाङसँगको छलफलपछि भूसालले उपाध्यक्षमा आफूले उमेद्वारी दिने घोषणा गरिसकेका छन्। यता नेम्वाङसँग छलफलमा रहेका भूसालको रावलसँग भने पछिल्लो समय कुनै छलफल नभएको बताइन्छ।

शनिबारको बन्दसत्रमा ओलीले प्रस्तावित पदाधिकारी र केन्द्रीय सदस्यको प्रस्ताव गर्ने र त्यसलाई प्रतिनिधिहरूले अनुमोदन गर्ने बताइएको थियो। नेपालभ्यूजसँग कुरा गर्दै रावलले ओली पक्षको आगामी कदमअनुसार आफ्नो कदम अघि बढाउने बताएका थिए।

ओलीको कदमको प्रतीक्षामा रहेका रावल ओलीसँग छलफलमा बसेका हुन्।

यता १० बुँदे सहमति गरेर एमालेमा नै रहेका अन्य नेताहरूले भने रावलले अध्यक्ष पदनमा उम्मेद्वारी दिने विषयमा आफूहरूसँग कुनै छलफल नगरेको बताएका छन्।
“१० बुँदे सहमतिको संयोजकबाट अनायासै राजीनामा दिएका रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने विषयमा हामीसँग कुनै छलफल गरेका छैनन्,” उनले भने।

योगेश भन्छन्, “धेरैबेरको प्रतीक्षापछि नतिजा राम्रो आउँछ”

यसैबीच योगेश भट्टराईले धेरैबेरको प्रतीक्षापछिको नतिजा राम्रो आउने बताएका छन्। सहमतिको तयारी भइरहेको र सबैखाले प्रवृत्ति र नेतृत्वलाई मिलाउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ। एमालेमा भएको दशबुँदे सहमति अब महाधिवेशनमा घुलिमिल भइसकेको उनले बताए। भने, “पानीमा हाइड्रोजन र अक्सिजन हुन्छ, छुट्याउन सकिँदैन। तर अस्तित्व रहन्छ। १० बुँदे पनि यस्तै हो।”

नेताहरूलाई मिलाएर लैजाने, गठबन्धनलाई फेस गर्ने चुनौतीलाई अवसर मानेर महाधिवेशनपछि स्थानीय तहमा ५० प्रतिशत जित्ने, प्रदेश र संघमा बहुमतका साथ आउने उनले दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved