सिने–संसार

जो कोही बन्न सक्दैनन् बेनेगल

चौध वर्षकै उमेरमा पहिलो पटक सिनेमा हेरेका बेनेगलले सिने संसारमा प्रवेश गर्ने सोच बनाएका थिए, अठार वर्ष छँदाखेरि। उनले पहिलो पटक हेरेको फिल्म थियो– ‘बाइसाइकिल थिब्स’, जुन उनले हैदरावादको एउटा सिनेमा हलमा हेरेका थिए। एक पटक होइन, पटक–पटक।

नेपालभ्युज

जो कोही बन्न सक्दैनन् बेनेगल

मुम्बईमा सगरमाथा (एभरेस्ट) ! यस्तो परिकल्पना कसको हुन सक्ला?

मात्र श्याम बेनेगलको। भारतीय सिने जगत्का बहुप्रतिभाशाली निर्देशक बेनेगलले मुम्बईस्थित आफ्नो कार्य–स्थललाई नाम दिए– ‘एभरेस्ट’।

जीवनको करिब नौ दशक छेउछाउ पुगेका बेनेगलले ‘एभरेस्ट’ लाई यति धेरै प्रेम दर्शाउनुमा उनमा अहिलेसम्म रहेको सर्वोच्च विचार र फिल्मी दुनियाँकै भूमिका छ। नभए यति बुढ्यौली समयमा उनले बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजीवर रहमानको जीवन चरित्रमा आधारित बायोपिक ‘मुजीव, द मेकिङ अफ अ नेसन’ सिनेमा बनाउने थिएनन्।

सुन्दा अचम्म लाग्ला। बेनेगलले यो सिनेमा बनाए, ८७ वर्ष हुँदा । जीवनको उत्तरार्द्धतिर पाइला चाल्ने बेला पनि उनी आफ्नो कर्म–क्षितिजलाई रङ्गिन बनाउन अहोरात्र जुटिरहेका छन्, यो सिनेमा निर्देशन नै यसको गतिलो प्रमाण हो।

करिब चार वर्षअघि फर्किऔँ। सन् २०१९ को कुरा हो। जति बेला कोभिड–१९ को महामारीले सिङ्गो विश्वलाई गाँजिसकेको थिएन। त्यही बेला उनले मुम्बईस्थित ‘एभरेस्ट’ लाई बेच्ने योजना बनाए, जसलाई उनले स्थापित गरेका थिए– सन् १९७७ मा नै। करिब चालीस वर्षपछि उनले किन बेच्न चाहे, त ‘एभरेस्ट’ लाई?

आइतबारबाहेक अरू दिन पूरै कार्यालयमा बिताउने बानी परेका बेनेगलले पछिल्लो समय भने घरबाटै आफ्नो फिल्मी कर्म (निर्देशन/लेखन) लाई अघि बढाउने सोचेका थिए। अरू बेला पनि बिहान साढे दस बजे नै पुग्थे उनी ‘एभरेस्ट’ मा। खाना खान आउँथे दिउँसो एक बजेतिर घरमा। फेरि उही कार्यालय र काममा निरन्तरता।

कोभिड–१९ भन्दा पहिलाका तीन वर्ष उनी रित्तो हात बसे। केही सिनेमाको स्क्रिप्टमा काम गरिरहेका थिए तर त्यसले सार्थक र मूर्त रूप पाएनन्। काम नपाएपछि कसरी आउँथ्यो र पैसा? हरेक महिना भाडा तिर्नुपर्थ्यो। अझ, ‘मुजीव, द मेकिङ अफ नेसन’ को खाका त सन् २०१० मै बनेको थियो। बल्ल १२ वर्षपछि त्यसले मूर्त रूप पायो।

अब के गर्ने त? अरू कुनै उपाय थिएनन्। बस्, कार्यालय बेच्ने र घरबाटै काम गर्ने सोच बन्यो उनमा। बुज्झकी थिइन् उनी पत्नी नीरा। नीराले सोचिन्, ‘श्याम बेनेगलजस्ता मानिसका निम्ति घरबाट काम हुने कल्पना पनि गर्न सकिँदैन।’

अब के गर्ने त? अरू कुनै उपाय थिएनन्। बस्, कार्यालय बेच्ने र घरबाटै काम गर्ने सोच बन्यो उनमा। बुज्झकी थिइन् उनी पत्नी नीरा। नीराले सोचिन्, ‘श्याम बेनेगलजस्ता मानिसका निम्ति घरबाट काम हुने कल्पना पनि गर्न सकिँदैन।’

बेनेगलको सृजनशील संसारलाई अझ समृद्ध तुल्याउन कार्यालय एक मात्र भरोसा थियो, जहाँबाट उनलाई विभिन्न सिने परियोजनाहरूलाई अघि बढाउन, अध्ययन–अनुसन्धान गर्न एवं बैठक र भेटघाटहरू गर्ने सहजता मिल्दै आएको थियो।

उनले कार्यालयलाई पनि कलात्मक रुपमा सजाएका थिए। उनको कार्यालयमा प्रवेश गरेपछि अर्कै संसारमा प्रवेश गरेजस्तो अनुभूति मिल्थ्यो। कुनै ग्यालरीमा छिरेजस्तो। प्रवेशद्वारमै उनले आफूद्वारा निर्देशित सिनेमाका ठुला पोस्टरहरू सजाएका थिए। जसमा ‘भूमिका’, ‘जुनून’, ‘मण्डी’, ‘त्रिकाल’, ‘निशान’, ‘अंकुर’जस्ता उनीद्वारा निर्देशित सिनेमाका पोस्टरहरू थिए। यी सबै सत्तरी र असीको दशकका उनको सृजनशीलता फक्रिएका सिनेमाहरू थिए।

आर्थिक संकट देखिएपछि उनले कार्यालयको आधा भाग बिक्री गर्ने सोच बनाए। पहिला १९ ‘ए’ र ‘बी’ गरी दुई भागमा विभाजित थियो, उनको सहयात्री फिल्म्स। पछि भने १९ ‘ए’ मा मात्र सीमित रह्यो।

जब उनी आफ्नो डेस्कमा बस्थे, त्यसमा कागजका थुप्रो थुप्रिएका हुन्थे। ती कागजलाई थिच्ने थिए, विभिन्न खाले पेपरवेटहरू। उनले जुन डेस्क प्रयोग गर्थे, त्यसलाई उनकी पत्नी नीराले मुम्बईको चोर बजारमा किनेकी थिइन्।

आफ्नो कार्यालयको आधा भाग बिक्री गर्नुअघि बेनेगलले भनेका थिए, ‘भित्ताका सेल्फहरूमा लाइनै राखिएका पुस्तकहरू भवनको अन्त्यसम्मै फैलिनेछन् ।’

ठ्याक्कै आधा शताब्दी बित्यो, बेनेगलले फिल्म निर्देशन–निर्माणमा कदम राखेका। पहिलो फिल्म ‘अंकुर’ को निर्देशन गर्नु पूर्व उनले सयौँ विज्ञापन फिल्महरू बनाइसकेका थिए।

चौध वर्षकै उमेरमा पहिलो पटक सिनेमा हेरेका बेनेगलले सिने संसारमा प्रवेश गर्ने सोच बनाएका थिए, अठार वर्ष छँदाखेरि। उनले पहिलो पटक हेरेको फिल्म थियो– ‘बाइसाइकिल थिब्स’, जुन उनले हैदरावादको एउटा सिनेमा हलमा हेरेका थिए। एक पटक होइन, पटक–पटक।

सन् १९७३ मा ‘अंकुर’ बनाउँदा उनी ३८ वर्षका थिए। सत्यजीत रेले पनि लगभग त्यस्तै उमेरमा पहिलो सिनेमा निर्देशन गरेका थिए। ‘अंकुर’ सहित युवाकालमा निर्देशन गरेका ‘निशान्त’, ‘मन्थन’ र ‘भूमिका’ जस्ता उनका फिल्म कला र व्यवसाय, दुवै हिसाबले अब्बल ठहरिए। अझ ‘अंकुर’ ले त यति सफलता पायो, जो सत्यजीत रेको ‘पथेर पाञ्चाली’ पछि बढी रुचाइएको फिल्ममा गणना हुन पुग्यो, जसले विभिन्न ४२ वटा अन्तर्राष्ट्रिय पुरस्कारसमेत पायो।

ठ्याक्कै आधा शताब्दी बित्यो, बेनेगलले फिल्म निर्देशन–निर्माणमा कदम राखेका। पहिलो फिल्म ‘अंकुर’ को निर्देशन गर्नु पूर्व उनले सयौँ विज्ञापन फिल्महरू बनाइसकेका थिए। तर फिचर फिल्ममा मात्र समर्पित भएर लागेको अवधि नै आधा शताब्दी पुगिसक्यो। जीवनको नौ दशकको सँघार टेक्नै लाग्दा पनि उनमा सिनेमाप्रति जुन लगाव छ, त्यो कमै व्यक्तिहरूमा पाइन्छन्।

प्रतिबद्धतालाई नै मूलमन्त्र बनाएका बेनेगल ‘काम नपाउँदा’ पनि हतास भएनन्। नभए जीवनको पछिल्ला अवधिमा लगभग खाली हात बस्नु परेका उनले कम्तीमा १२ वर्ष प्रतीक्षा गरेरै भए पनि बनाए– ‘मुजीव, द मेकिङ अफ नेसन’ । यति भन्नैपर्छ, ‘जो कोही बन्न सक्दैनन् बेनेगल।’

(एजेन्सीहरूको सहयोगमा)
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved