ठूलो संख्यामा खुल्यो प्रहरीमा नयाँ भर्ना

प्रहरी निरीक्षकमा १ हजार ४६ जना, जवानमा १९ सय ७१

नेपालभ्युज

ठूलो संख्यामा खुल्यो प्रहरीमा नयाँ भर्ना

काठमाडौं। नेपाल प्रहरीमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ। प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको हो।

प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जनाका लागि हाल दरखास्त आह्वान गरिएको हो।

प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा सातै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, सात वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम लिन र बुझाउन सकिने जनाइएको छ।

भर्ना हुन इच्छुक नागरिकले १९ मंसीरदेखि २३ पुससम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने पनि जनाइएको छ।दरखास्त आह्वानसम्बन्धी विस्तृत विवरणसहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved