गणपती ज्वेलर्सले ल्यायो ‘विवाह उत्सव’ योजना

नेपालभ्युज

गणपती ज्वेलर्सले ल्यायो ‘विवाह उत्सव’ योजना

काठमाडौं। मंसिर लागेसँगै विवाहको मौसमलाई लक्षित गर्दै गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ। यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा गणपती ज्वेलर्सले मिलाउने छ।

‘विवाह उत्सव’ योजना मंसिरदेखि पुस मसान्तसम्म २ महिना चल्ने कम्पनीका सञ्चालक सिद्धान्त बेगानीले जानकारी दिए। ‘‘विवाह गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गरी यो योजना ल्याएका हौं,’’ उनले भने।

काठमाडौं न्युरोड विशाल बजारको जनसेवासंगै रहेको गणपती ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। गणपती ज्वेलर्सको यस्तो योजनाले नवविवाहित जोडीको विवाह उत्सव बन्ने र दाम्पत्य जीवनलाई मिठा सम्झनाहरुको गहनाले पनि सजाउने विश्वास बेगानीले व्यक्त गरेका छन्।

‘‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवर्द्धन हुने विश्वास गरेका छौं। हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’’ बेगानीले भने, ‘‘हाम्रो उद्देश्य नै हाम्रा ग्राहकलाई गुणस्तरीय गरगहना उपलब्ध गराउने र उहाँहरुको जीवनलाई झकिझकाउ बनाउने, खुसी र आनन्ददायी बनाउने हो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved