थप ४ सय १२ जनामा कोरोना संक्रमण

नेपालभ्युज

थप ४ सय १२ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा बुधबार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर १० हजार १ सय ६ जनाको पीसीआर र १ हजार ८ सय ८७ एन्टीजेन परीक्षण गरिएकोमा पीसीआर परीक्षणमा ३ सय ६३ र एन्टीजेन परीक्षणका क्रममा ४९ जनामा स‌क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार २ सय ५८ पुगेका छन्। जसमध्ये ७ लाख ९८ हजार ९ सय १६ जना कोरोनामुक्त भएकोमा हाल ७ हजार ६३६ सक्रिय संक्रमित रहेका छन्।

यस्तै बुधबार कोरोनाका कारण थप थप १ जनाको मृत्यु भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved