इंग्ल्याण्डलाई हराएर पनि बाहिरियो दक्षिण अफ्रिका

नेपालभ्युज

इंग्ल्याण्डलाई हराएर पनि बाहिरियो दक्षिण अफ्रिका

काठमाडौं । इंग्यालण्डमाथि १० रनको जित निकालेर पनि दक्षिण अफ्रिका जारी टी-ट्वान्टी विश्वकपबाट बाहिरिएको छ।

हिजो राति सकिएको खेलमा टस हारेर बलिङ गरेको दक्षिण अफ्रिकाले मात्र २ विकेटको क्षतिमा १८९ रनको रन बनाएको थियो। उसका लागि रसी भान डिसेनले नटआउट ९४ रनको योगदान दिए। उनले यस क्रममा ६० बलमा ६ छक्का र ५ चौका हिर्काएका थिए।

त्यस्तै अइडेन मार्कारामले पनि अर्धशतक बनाए। विष्फोटक ब्याटिङ गरेका उनले २५ बलमै ४ छक्का र २ चौकाको मद्दतमा ५२ रन जोडेका थिए। उनी पनि नटआउट रहे।

तर १० रनको झिनो जित दिलाए पनि दक्षिण अफ्रिकाका लागि यो जित सेमिफाइनल प्रवेशका लागि पर्याप्त भएन। इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८ अंक भए पनि नेटरनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष दुईमा पर्न सकेन । हारका बाबजुद इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved