पहिलो हाफको अग्रता जोगाउन नसक्दा बराबरीमै रोकियो बार्सिलोना

नेपालभ्युज

पहिलो हाफको अग्रता जोगाउन नसक्दा बराबरीमै रोकियो बार्सिलोना

काठमाडौं। यो सिजन निकै खराब लयबाट गुज्रिरहेको बार्सिलोनाले ला लिगाको आफ्नो १२ खेलमा सेल्टा भिगोसँग पनि बराबरीमा रोकिएको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको हो। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफमा लय गुमाउँदा तीन गोल खान पुग्यो।

अन्सु फातीले खेलको पाँचौं मिनेटमा गरेको शानदार गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। त्यस्तै १८ मिनेटमा कप्तान सर्जिओ बुस्केटले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। त्यसैगरी ३४ औं मिनेटमा जोर्डी अल्बाको पासमा मेम्फिस डिफायले गोल गरेपछि बार्सिलोना ३-० को बलियो अवस्थामा थियो।

तर दोस्रो हाफमा बार्सिलोनाको मध्यपंक्ति र रक्षापक्तिको खेल स्तर खस्किँदा बार्सिलोनाले तीन गोल खायो। सेल्टाका इगो आसपासले पहिलो गोल गरे। पहिलो गोलपछि निकै आक्रामक देखिएको सेल्टाले बार्सिलोनाको गोलपोस्टमा लगातार प्रहार गरिरह्यो। अग्रपंक्तिका मुख्य खेलाडी फाती घाइते भएर पहिलो हाफबाटै मैदान बाहिरिएपछि बार्सिलोनाको अट्याकिङ स्तर खस्किएको थियो।

दोस्रो हाफ अवधिभर बार्सिलोनालाई दबाबमा राखेको सेल्टाले ७४ मिनेटमा अर्को गोल थप्यो। उसका लागि नोलिटोले गोल गरे। दोस्रो गोलपछि भने बार्सिलोनाको खेल केही सुधारिएको थियो। त्यसपछि बार्सिलोनाका बार्सिलोनाका केही प्रहारले पोलको दिशा लिन सकेन। अतिरिक्त समयको छैटौं मिनेटमा उनै आसपासले सेल्टाको हार टारे।

जितपछि बार्सिलोना लिगको १० औं स्थानमा यथावत् छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved