दुई दिनमा साढे ६ हजारले लगाए कोरोना खोप

दुवै दिन गरेर कुल ६ हजार ७६८ मात्रा खोप लगाइएको काफ्लेले जानकारी दिए। काठमाडौंबाट बाहिरिने यात्रु लक्षित खोप अभियानमा भेरोसेल र कोभिशिल्ड खोप लगाइएको थियो।

नेपालभ्युज

दुई दिनमा साढे ६ हजारले लगाए कोरोना खोप
फाइल तस्वीर

काठमाडौं। सरकारले तिहारमा घर जाने यात्रुलाई लक्षित गरेर शुरु गरेको खोप अभियानमा करिब साढे ६ हजार जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार अभियानको पहिलो दिन मंगलबार २ हजार ९९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार भेरोसेलको पहिलो मात्रा १ हजार ६८५, दोस्रो मात्रा ७९६ जनालाई लगाइएको छ। यस्तै, कोभिशिल्डको पहिलो मात्रा २५८ र दोस्रो मात्रा १५३ जनालाई लगाइएको छ।

दोस्रो दिन बुधबार ३ हजार ७७६ जनाले खोप लगाएका छन्। दुवै दिन गरेर कुल ६ हजार ७६८ मात्रा खोप लगाइएको काफ्लेले जानकारी दिए।

काठमाडौंबाट बाहिरिने यात्रु लक्षित खोप अभियानमा भेरोसेल र कोभिशिल्ड खोप लगाइएको थियो। स्थलमार्ग हुँदै उपत्यका बाहिर जाने यात्रुहरूलाई गोंगबुको नयाँ बसपार्क, कलंकी चोक, कोटेश्वर चोक र बल्खु चोक गरी चार वटा बुथबाट खोप दिइएको थियो।

यात्रुहरूलाई खोप लगाउन प्रत्येक बुथमा चार–चार जनाका दरले १६ जना भ्याक्सिनेटर र १० जनाका दरले ४० जना भोलेन्टियर खटाइएको थियो। उक्त अभियानमा यात्रुहरुसँगै स्थानीयले पनि खोप लगाएका काफ्ले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved