स्टकल्याण्ड पुगे देउवा, आज कोपमा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाको मंगलबार विहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

स्टकल्याण्ड पुगे देउवा, आज कोपमा सम्बोधन गर्ने
फाइल तस्वीर

स्टकल्याण्ड। प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि दुई दिन (नोभेम्बर १ र २) ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिमा सहभागी हुन स्कटल्याण्ड आइपुगेका छन्। महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति यहाँ आइपुगेका हुन्।

स्थानीय समयानुसार उनी सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उनले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नेछन् । प्रधानमन्त्री देउवाको मंगलबार विहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।  सोही दिन उनले श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन्।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुगेका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उनी विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुगेका हुन्। अक्टोबर ३१ देखि ग्लास्गोमा शुरु भएको कोप-२६ नोभेम्बर १२ सम्म चल्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved