नेपाल फर्किँदै अलमुताइरी

नेपालभ्युज

नेपाल फर्किँदै अलमुताइरी

काठमाडौं। नेपाली फुटबल टिमको प्रशिक्षक अबदुल्ला अलमुताइरी आज (शनिबार) नेपाल फर्किँदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षका लागि सम्झौता लम्ब्याउने निर्णय गरेका अलमुताइरी आज साँझ ७:३५ मा नेपाल आइपुग्ने एन्फाले जनाएको छ।

दक्षिण एसियाली फुटबल (साफ)को सेमिफाइनलपछि नेपाल नफर्किने गरी राजीनामा दिएको बताएकाका उनले गत बुधबार मात्रै पुन: नेपाल फर्किने निर्णय गरेको बताएका थिए। गत साता कतारमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भएको छलफलपछि उनले आफू नेपाल फर्किने सामाजिक सञ्जालमार्फत जनाएका थिए।

उनी नेपाल फर्किएपछि थप तीन वर्षका लागि नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको लागि सम्झौता गर्नेछन्।

गत वर्ष चैतमा एन्फाले अलमुताइरीसँग एक वर्षका लागि मुख्य प्रशिक्षकको रुपमा सम्झौता गरेको थियो। तर एन्फासँगको विवादका कारण उनले बारम्बार सामाजिक सञ्जालमा राजीनामा दिने घुर्की लगाउँदै आएका थिए।

एन्फाको अनुरोधा कुवेती नागरिक अलमुताइरीलाई कतार फुटबल संघले सहयोगस्वरुप नेपालको प्रशिक्षकको रुपमा पठाएको हो। अलमुताइरी एसियाली फुटबल महासंघ (एएफसी)का व्यवसायिक लाइसेन्स भएका प्रशिक्षक हुन्।

अलमुताइरी साफको तयारीका लागि गत असोजमा राष्ट्रिय टिमभन्दा अगाडि नै कतार पुगेका थिए। खेलपछि नेपाली फुटबल टोली फर्किएपनि अलमुताइरी भने उतैबाट कुवेत पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved