टी-ट्वान्टी विश्वकप क्रिकेट

पाकिस्तानको लगातार तेस्रो जित

लगातार तेस्रो जितसहित समूह २ मा ६ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ। यता, २ खेलमा २ अंक जोडेको अफगानिस्तान भने दोस्रो स्थानमा रहेको छ।

नेपालभ्युज

पाकिस्तानको लगातार तेस्रो जित

काठमाडौं। यूएईमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ। पाकिस्तानले अफगानिस्तानलाई पन्छाउँदै लगातार तेस्रो जित निकालेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनायो। उसका लागि मौहम्मद नाबी र गुल्मदिन नैबले ३५/३५ रन बनाए। यस्तै नजिबुल्लाह जर्दानले २२ रन बनाए।

पाकिस्तानका इमाद वासिमले २ विकेट लिए।

१४८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टयो। उसका लागि कप्तान बाबर जमनले ५१, फाखर जमानले ३० तथा अशिफ अलीले २५ रन बनाए।

अफगानिस्तानका राशिद खानले २ विकेट लिए।

लगातार तेस्रो जितसहित समूह २ मा ६ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ। यता, २ खेलमा २ अंक जोडेको अफगानिस्तान भने दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved