प्रतिनिधिसभा बैठक कात्तिक ११ गते

नेपालभ्युज

प्रतिनिधिसभा बैठक कात्तिक ११ गते
फाइल तस्वीर

काठमाडौं। प्रतिनिधिसभाको बैठक कार्तिक ११ गते बस्ने गरी सारिएको छ । यसअघि कात्तिक ९ गते मंगलबार १ बजे बस्ने निर्धारण भएकोमा संसद् सचिवालयले दुई दिन सारेको हो।

दशैंअघि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ सम्मका लागि बैठक स्थगन गरेका थिए। तर मंगलबार संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै कात्तिक ११ गते बिहीबार दिउँसो २ बजे बैठक बस्ने गरी निर्धारण भएको जनाएका छन्।

विशेष कारणले संसद बैठक सारिएको भनिए पनि नेकपा एमालेको अधिवेशनका कारण सारिएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।  कात्तिक ९ गते  एमालेले स्थानीय तहमा अधिवेशन गर्दै छ।  १० औँ महाधिवेशन अन्तर्गतको स्थानीय तहको अधिवेशनमा अधिकांश एमाले सांसद सहभागी हुनुपर्ने कारणले संसद बैठक सारिएको बताइएको छ ।

सूचनामा भनिएको छ, ‘‘मिति २०७६ साल कार्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा मा सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved