काठमाडौँ।पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार ७० पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन्। यस्तै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ। आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ भने ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेका छन्। जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३३७ जना आइसियु र १०४ जना भेन्टिलेटरमा उपचाररत छन्।
Facebook Comment
Comment