सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्छ – विशाल भट्टराई

नेपालभ्युज

सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्छ – विशाल भट्टराई
फाइल तस्वीर।

काठमाडौं ।  नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागबारे सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरूको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंगमात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन्।

अरू गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ। एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए। एमालेको एजेण्डामा निरुपण गर्ने गरी सरकार र सभामुखले छलफल नै नगरेको भट्टराईको तर्क छ।

उनले आफ्ना सांसदको कारबाहीका विषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद् छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने विषयमा सरकारसँग आपत्ति रहेको उल्लेख गरे। आज बिहान प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसदमा सहभागी भएका एमालेबाहेक सबै दल सहभागी भएका थिए।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमालले सत्ता र प्रतिपक्षबीचको बैठकमा मात्र सहभागी हुने बताएको थियो। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved