ओलीको प्रश्न – पार्टी फुटाउन अध्यादेश ल्याउने, यही हो अग्रगमन ? 

नेपालभ्युज

ओलीको प्रश्न – पार्टी फुटाउन अध्यादेश ल्याउने, यही हो अग्रगमन ? 
फाइल तस्वीर
काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिडियाको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार मूलधारका मिडियाका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा र अहिले मिडियाको भूमिकामा अन्तर आएको टिप्पणी गरेका हुन्।
आफ्नो कार्यकालमा विरोध गर्ने मिडियाहरू अहिले सरकारले  संविधान मिच्दा पनि  चुप लागेका ओलीको आरोप थियो। ‘‘पहिले म प्रधानमन्त्री हुँदा खबरदारी गरेकोमा धन्यवाद अहिले खबरदारी पुगेन जस्तो छ, मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ’’ ओलीले भने। विगतमा आफ्नो सरकारको खरो विरोध गर्ने मिडियालाई छानीछानी पदक दिएको उनको टिप्पणी थियो।
गत साता सरकारले पदक बाँड्दा समेत ओलीले मिडियाप्रति आक्रोश पोखेका थिए। आफूलाई पत्रकारले सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भएको उनको दाबी थियो। मिडिया वर्तमान सरकारप्रति नरम रहेकाले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको पनि बताए।
ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाए। उनले भने ‘‘दूषित मनसायले अध्यादेश ल्याउने ।  यही हो अग्रगमन ? अहिले कतिलाई हाइसन्चो छ तर दीर्घकालमा देश र लोकतन्त्रले हार्छ। हामी लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित छौँ।’’

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved