संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आजको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

नेपालभ्युज

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
फाइल तस्वीर

काठमाडौं। संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। नयाँबानेश्वस्थित संसद् भवनमा राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

दुवै सदनको बैठक दिउँसो २ बजे बस्न लागेको हो। आजको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आजको बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पास गराउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved