ला लिगा : बार्सिलोनालाई घरेलु मैदानमा ग्रानडाको चुनौती

नेपालभ्युज

ला लिगा : बार्सिलोनालाई घरेलु मैदानमा ग्रानडाको चुनौती

काठमाडौं । बार्सिलोनाले ला लिगामा आज राति ग्रानडासँग खेल्दै छ।

जारी लिगमा तीन खेल खेलेको बार्सिलोना २ मा जित र १ मा बराबरी गर्दै लिगको १० औं स्थानमा छ। लिग आज चौथो खेल्ने क्रममा ग्रानडालाई सामान्य गोल अन्तरले हराए ऊ पाँचौं स्थानमा उक्लिने छ।

राति पौने १ बजे घरेलु मैदानमा हुने खेल बार्सिलोनाका लागि सहज भने पक्कै हुने छैन। आफ्ना स्टार खेलाडी चोटमुक्त नहुँदा उसले च्याम्पियन्स लिगअन्तर्गत अघिल्लो खेलमा जर्मन क्लब बार्यन म्यनिखसँग ३-० को हार बेहोरेको थियो।

यता ग्रानडा पनि यो पटक लयमा देखिएको छैन। जारी लिगमा भएका ४ खेलमा उसले जित निकाल्न सकेको छैन। दुईमा जित दुईमा बराबरी गरेको ग्रानडाले अघिल्लो खेलमा रियल बेटिसँग हार बेहोरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved