कोहलीद्वारा टी ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा

विराटले कप्तानको रूपमा कुनै ठूलो ट्रफी जित्न नसके पनि अहिलेको समयमा उनले भारतीय टिमलाई नयाँ उचाइमा भने पुर्‍यान ठूलाो भूमिका खेलेका छन्। 

नेपालभ्युज

कोहलीद्वारा टी ट्वान्टी क्रिकेटको कप्तानी छाड्ने घोषणा

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आगामी टी-ट्वान्टी विश्वकपपछि कप्तनीबाट संन्यास लिने घोषणा गरेका छन्।

बिहीबार सामाजिक सञ्जामा पोस्ट गर्दै उनले यस्तो लेखेका हुन्। तर उनले टेस्ट र वान डेको कप्तानी भने जारी राख्नेछन्। अर्को महिना (अक्टोबर) १७ देखि हुने उक्त प्रतियोगितमा भारतको राष्ट्रिय टिमको जर्सीमा उनलाई अन्तिम पटक देखिने छ।

विराटले कप्तानको रूपमा कुनै ठूलो ट्रफी जित्न नसके पनि अहिलेको समयमा उनले भारतीय टिमलाई नयाँ उचाइमा भने पुर्‍यान ठूलाो भूमिका खेलेका छन्।

हालसम्म भएका ४५ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले २७ मा जित निकाल्न सफल भएका छन्। २ खेलको परिणा आउन सकेनन्। त्यस्तै वान डे अन्तर्राष्ट्रियमा पनि उनले ९५ खेलमा ६५ मा जित निकाल्न सफल भएका छन्।

टेस्ट म्यामा पनि उनले ६५ खेलमा ३८ मा जित निकालेका छन्। जहाँ ११ प्रतिस्पर्धा टाइ भएका थिए। समग्रमा उनले २ सय ५ वटा अन्तर्राष्ट्रिय खेलमा भारतबाट कप्तानी सम्हाल्ने अवसर पाए। जहाँ १ सय ३० जित र ५७ हार सामेल छ।

वर्तमान समयमा यदि भारतीय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानको खोजी गरिन्छ भने उनको नाम तेस्रो नम्बरमा आउँछ। भारतमा सर्वाधिक सफल क्रिकेट टिमका कप्तान भनी महेन्द्रसिंह धोनीलाई नै मान्ने गरिन्छ। त्यसपछि मोहम्मद अजहरुद्दिनलाई भारतमा सर्वाधिक सफल कप्तान मानिने गरिन्छ।

पाँच फिट ९ इन्च अग्ला दायाँहाते यी ब्याट्सम्यानले सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए भने जिम्बावेविरुद्ध सन् २०१० टी ट्वान्टी म्याचबाट अन्तर्राष्ट्रिय करिअर शुरुआत गरेका थिए। वान डे क्रिकेट भने सन् २००८ मै श्रीलंकाविरुद्ध गर्न सफल भएका थिए।

टि ट्वान्टी अन्तर्राष्ट्रिय करिअरमा यो ११ वर्षमा उनले ३ हजार १ सय ५९ रन बनाउन सफल भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved