एमालेले आज पनि संसद् अवरुद्ध गर्ने

नेपालभ्युज

एमालेले आज पनि संसद् अवरुद्ध गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने जनाएको छ। प्रतिनिधिसभाको बैठक आज १ बजे बस्ने गरी बोलाइएको छ। आजको बैठकमा पनि यसअघि टेबल हुन नसकेका अध्यादेशहरूलाई टेबल गर्ने प्रस्तावित कार्यसूची छ।

नेपाल भ्यूजसँग कुरा गर्दै एमाले सचेतक शान्ता चौधरीले आजको बैठक पनि चल्न नदिने बताइन्। आफूहरूले उठाएका विषयको उचित जवाफ नआउँदासम्म बैठक चल्न नदिने सचेतक चौधरीको भनाइ थियो।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले कारबाही नगर्नुका कारण माग गर्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। एमालेले सभामुखले संविधानअनुसार नचलेको भन्दै बैठक अवरुद्ध गर्दै आएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले भने प्रचलित कानून र मूल्य मान्यताका आधारमा निर्णय लिएको जवाफ दिएका छन्।

एमालेको विरोधका कारण गत बुधबार तीन पटकसम्म बैठक सञ्चालन हुन सकेन। एमालेकै अवरोधका बीच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा टेबल गराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved