लुम्बिनीमा एमाले जेठ २ कै अवस्थामा फर्कियो

जिल्लामा यस्ता छन् नयाँ कमिटी

नेपालभ्युज

लुम्बिनीमा एमाले जेठ २ कै अवस्थामा फर्कियो

बुटवल । नेकपा एमाले लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ। पार्टी जिल्लाका पदाधिकारी र अरू तहका नेतृत्वसमेत जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय बैठकले गरेको हो।

मंगलबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमीश्वर ढकाल र सहसचिवमा दुर्गा थारूलाई जिम्मेवारी दिएको छ।

यसअघि नेकपा विघटनपछि गिरी नै एमालेको प्रदेश अध्यक्ष भए पनि जेठ २ मा फर्काउने निर्णय गरेपछि उनको अध्यक्षतामा बनेको कमिटी निष्क्रिय बनेको थियो।

एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले असार १५ को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको एमाले नेता ढकालले जानकारी दिए।

निर्णयअनुसार प्रदेशका १२ वटै जिल्लाका सबै कमिटी जेठ २ को अवस्थामा फर्किनेछन्।

असार १५ गते एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। बैठकका अरू निर्णयहरू बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने एमालेले जनाएको छ।

लुम्बिनीका जिल्लामा यस्ता छन् नयाँ कमिटी

बर्दियाः

लालबहादुर श्रेष्ठ, अध्यक्ष

शालिकराम अधिकारी, उपाध्यक्ष

पदम ढकाल, सचिव

नुतन चौधरी, उपसचिव

बाँकेः

निरक गुरुङ, अध्यक्ष

किस्मत कक्षपती, उपाध्यक्ष

रत्न खत्री, सचिव

प्रमोद धिताल, उपसचिव

दाङ

टीकाराम खडका, अध्यक्ष

हुकम बस्नेत, उपाध्यक्ष

मनोहर बुढाथोकी, सचिव

कृष्ण भुषाल, उपसचिव

रोल्पा

बालाराम बुढा, अध्यक्ष

विजय घर्ती, उपाध्यक्ष

निमप्रसाद रोका, सचिव

राजेन्द्र बुढाथोकी, उपसचिव

रुकुम पूर्व

टोपबहादुर वली, अध्यक्ष

रुजिधन घर्तीमगर, उपाध्यक्ष

लीलामणि गौतम्, सचिव

तेजेन्द्र बुढामगर, उपसचिव

प्युठान

तुलसी शर्मा, अध्यक्ष

हुकुम खडका, उपाध्यक्ष

मोहन जिसी, सचिव

उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने।

अर्घाखाँची

चेतनारायण आचार्य, अध्यक्ष

जिवनारायण कोइराला, उपाध्यक्ष

तोजवहादुर रायमाझी, सचिव

प्रेम गैरे, उपसचिव

८० गुल्मीस्

मधुकृष्ण पंत, अध्यक्ष

वालसिं काउछा, उपाध्यक्ष

सोमप्रसाद सापकोटा, सचिव

धर्म विक, उपसचिव

पाल्पा

नारायण आचार्य, अध्यक्ष

मोहन थापा, उपाध्यक्ष

ओजबहादुर घर्ती, सचिव

कमल पाण्डे, उपसचिव

कपिलवस्तु

झविलाल पोखरेल, अध्यक्ष

बाबुराम खनाल, उपाध्यक्ष

बाबुराम आचार्य, सचिव

विश्राम चौधरी, उपसचिव

नवलपरासी

तुलसी पासी, अध्यक्ष

डोलराज भण्डारी, उपाध्यक्ष

थानप्रसाद गैरे, सचिव

राजन आचार्य, उपसचिव

रुपन्देही

शिवराज सुवेदी, अध्यक्ष

पुरुषोत्तम घिमिरे, उपाध्यक्ष

जागेश्वरी चौधरी, सचिव

गोपाल राना, उपसचिव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved