फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो

नेपालभ्युज

फाइजर खोप लगाउनेको एन्टिबडी ८० प्रतिशत घट्यो

कोभिडविरुद्ध लगाइने खोप फाइजरले तयार गर्ने एन्टिबडी ६ महिनापछि ८० प्रतिशतले गिरावट आएको एक पछिल्लो अध्ययनले देखाएको छ।

अमेरिकाको नर्सिङ होम र उनीहरूका केयरगिभरमा गरिएको सो अध्ययनले एन्टिबडीको मात्रा घटेको देखाएको हो।

अमेरिकाको केस वेस्टन रिर्जभ युनिर्भसिटी र ब्राउन युनिर्भसिटीका अनुसन्धानकर्ताले गरेको संयुक्त अध्ययनमा नर्सिङ होमका एक सय २० जना वृद्धवृद्धा र उनीहरूका ९२ जना केयर गिभरको रगत परीक्षणका लागि लिइएको थियो।

कोभिडविरुद्ध शरीरको प्रतिरक्षा मापन गर्न अनुसन्धानकर्ताहरूले विशेषगरी ह्युमोरल इम्युनिटीलाई हेरेका थिए। खोप लगाएको ६ महिनापछि एन्टिबडी तह क्रमिक रुपमा घटेको अध्ययनमा देखिएको थियो।

यसअघि सोही समूहले गरेको अनुसन्धानमा दोस्रो खोप लगाएको दुई सातापछि वृद्धवृद्धाको एन्डिबडी तह युवाहरूको तुलनामा हवात्तै तल झरेको पाइएको थियो।

खोप लगाएको ६ महिनापछि नर्सिङ होममा बस्नेमध्ये ७० प्रतिशतको रगतमा कोरोना भाइरस संक्रमणलाई तटस्थ बनाउने क्षमता एकदमै कमजोर देखिएको प्रयोगशालामा गरिएको परिक्षणमा देखिएको केस वेस्टन रिर्जभ युनिर्भसिटीका प्राध्यापक डेभिड क्यान्डेले बताए।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकोले वृद्धवृद्धालाई ‘बुस्टर डोज’ आवश्यक पर्ने भन्ने अमेरिकी रोग नियन्त्रण केन्द्रको भनाइलाई आफ्नो अध्ययनले समर्थन गरेको समेत उनले बताए।

डेल्टा भेरिअन्ट फैलिएसँगै बुस्टर डोज आवश्यक भएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved