भारी वर्षासँगै डुबानमा काठमाडाैं उपत्यका

नेपाल भ्युज

भारी वर्षासँगै डुबानमा काठमाडाैं उपत्यका

काठमाडौं। गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट क्षेत्र डुबानमा परेको छ।

यस्तै, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतको क्षेत्र डुबानमा परेको राठौरले जानकारी दिए।

काठमाडौंबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको राठौरले बताए। विशेष गरी नदी वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ। अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

तस्वीर : गाेपेन राई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved