थपिए २ हजार ५ सय २५ संक्रमित

नेपालभ्युज

थपिए २ हजार ५ सय २५ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छन्।

जसअनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय ९ जनामा पीसीआर र ४ हजार ९ सय १ जनामा एन्टिजेट विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी २४ घण्टामा ३५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

हालसम्म कोरोना संक्रमणका कारण १० हजार ५ सय ६८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार हाल नेपालमा ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved