एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले आफूभन्दा १३ वर्ष सानी अभिनेत्री सबा आजादसँग डेट गरिरहेका छन् ।
सबालाई अहिले धेरैले चिन्न पनि थालिसके । सीरीज ‘हु ईज योर गाइन्याक’ मा हालै उनी देखिएकी थिइन् । उनको अभिनयको प्रशंसा पनि भएको थियो । हिजोआज सबा एक फेशन सप्ताहका क्रममा दिल्लीमा छन् ।
उनले रैंप वाक गर्दै गरेको भिडियो भाइरल भइरहेको छ । जहाँ उनले अनौठो ढंगले नाँचेको देखिन्छ । हातमा माइक, पीच कलरको लुगा, स्पोर्ट्स जुत्ता, भारी मेकअप र घुमेको कपालमा सबा देखिएकी छन् ।
हिँड्दा हिँड्दै उनी मुख अनौठो बनाउँदै लड्खडाउँदै नाँच्न थाल्छिन् । जसलाई अहिले समाजिक संजालमा युजरले ट्रोल गरिरहेका छन् । धेरैले सबामा माइकल ज्याक्सनको आत्मा आएको बताएका छन् ।
केहीले त उनलाई रानु मन्डलसँग पनि तुलना गरेका छन् । जो केही वर्षअघि भारतमा भारइल भएकी थिइन् । यही क्रममा एउटा युजरले लेखेका छन्, “दिदी कति पिएको जो सम्हाल्न पनि सकेकी छैनौं । यस्तो डान्स को गर्छ ?”
Facebook Comment
Comment