मुलुकभर गर्मी चर्कियो, तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री पुग्यो

नेपालभ्युज

मुलुकभर गर्मी चर्कियो, तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री पुग्यो

काठमाडौं । लुम्बिनी, मधेश र सुदूरपश्चिमसहित तराईका अधिकांस स्थानमा बिहानैदेखि गर्मी बढेको छ । पछिल्लो समय मुलुकभरको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि तराईका अधिकांस ठाँउमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको छ । ती क्षेत्रमा तातो हावा चल्न थालेको छ ।

बिराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका शहरको तापक्रम ४० डिग्री पुगेको छ ।

उखरमाउलो गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।

तातो हावाबाट बच्नका लागि गर्मीको समयमा सकेसम्म घरमै बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । गर्मीका बेला पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

गर्मी बढ्दै गएपछि शहर बजारमा मानिसको चहलपहल समेत घट्न थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved