डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु

नेपालभ्युज

डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु

काठमाडौं । वनमा लागेको डढेलो निभाउन जाँदा खोटाङमा एक वृद्धको जलेर मृत्यु भएको छ ।

रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर मैनाचउर सामुदायिक वनमा आगो सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको हो ।

परिवारले खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा उनको शव भेटिएको थियो । सामुदायिक वनमा लागेको डढेलो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।

खोटाङका अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved