इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

नेपालभ्युज

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

दोहा । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमा कतारमा नै रहने अनुमति दिने बताएको छ ।

गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको मध्यस्थता प्रयासमा हमासको उपस्थिति लाभदायक रहेसम्म हमासको राजनीतिक नेतृत्व दोहामै रहने कतारले मंगलबार जनाएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भने, “यो हमासको राजनीतिक नेतृत्व कतारमा रहनु मध्यस्थता प्रयासमा उपयोगी र सकारात्मक छ । हामीले सधैं भन्दै आएका छौँ, उनीहरूको उपस्थिति आवश्यक रहँदासम्म हमास प्रतिनिधि यहाँ रहनेछन् ।” एएफपी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved