कतारले बंगलादेशसँग गर्‍यो १० वटा सम्झौता, राष्ट्रपतिलाई भेटेपछि शेख नेपाल आउने

नेपालभ्युज

कतारले बंगलादेशसँग गर्‍यो १० वटा सम्झौता, राष्ट्रपतिलाई भेटेपछि शेख नेपाल आउने

काठमाडौं । कतारले बंगलादेशसँग १० वटा सहकार्यसम्बन्धी सम्झौता तथा समझदारी गरेको छ ।

बंगलादेश भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानीले ५ सम्झौता र ५ समझदारी गरेको द डेली स्टारले जनाएको छ ।

सम्झौतामा बंगलादेशी प्रधानमन्त्री शेख हसिना र थानीले हस्ताक्षर गरेका छन् ।

द डेली स्टारका अनुसार दुई देशबीच कानुनी सहकार्य, द्विपक्षीय लगानीको प्रवर्द्धन र संरक्षण, द्विपक्षीय कर, एफबीसीसीआई र क्यूसीसीआईबीच जल यातायात र संयुक्त व्यवसाय परिषद् (जेबीसी)स्थापना गर्ने सम्झौता भएको छ ।

साथै, युवा तथा खेलकुदमा सहकार्य, श्रम तथा रोजगार, कूटनीतिक प्रशिक्षण, शिक्षा र वैज्ञानिक अनुसन्धान र बन्दरगाह व्यवस्थापन कम्पनीहरु मावानी कतार र चटगाउँ बन्दरगाह प्राधिकरणबीच सहकार्य गर्ने समझदारी भएको छ ।

यसअघि बिहान प्रधानमन्त्री हसिनाले अमिर शेख तमिमलाई आफ्नो कार्यालयमा न्यानो स्वागत गरेकी थिइन् ।

उनीहरुबीच प्रधानमन्त्री कार्यालयमा वान अन वान भेट भएको थियो । त्यसपछि द्विपक्षीय भेटवार्ता भएको थियो ।

बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीको निमन्त्रणामा कतारका अमिरको नेतृत्वमा रहेको उच्चस्तरीय कतारी प्रतिनिधिमण्डल बंगलादेश भ्रमणमा गएको हो ।

अब अमिरले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग भेटघाट गर्ने कार्यक्रम रहेको द डेली स्टारले जनाएको छ ।

राष्ट्रपति शाहबुद्दीनलाई भेटेपछि अमिर आजै नेपालको दुई दिने राजकीय भ्रमणका लागि निस्किने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved