नेपाल हङकङसँग ४ विकेटले पराजित

नेपालभ्युज

नेपाल हङकङसँग ४ विकेटले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।

हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै  ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । नेपालका लागि  दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । सोही  क्रममा उनले  ४ चौका र ३ छक्का प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved