कोशी सहित तीन प्रदेशमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

नेपालभ्युज

कोशी सहित तीन प्रदेशमा आंशिक बदली, बाँकी भेगको मौसम सफा रहने

काठमाडौं । मुलुकका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि समान्य बदली हुनेछ भने बाँकी भेगको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने ति प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुनेछ ।

बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved