हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा

नेपालभ्युज

हट्यो माइतीघर-बानेश्वर क्षेत्रको निषेधाज्ञा

काठमाडौं । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० को क बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए ।

काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर, बानेश्वर क्षेत्रमा निषेधाज्ञाको आदेश गरेको थियो । निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सरकारको सम्मान रहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved