‘सफा हिमाल अभियान’को सैनिक टोलीको बिदाई

नेपालभ्युज

‘सफा हिमाल अभियान’को सैनिक टोलीको बिदाई

काठमाडौं। यही वसन्त ऋतुमा सेनाले सुरु गर्न लागेको ‘सफा हिमाल अभियान २०२४’ को टोलीलाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले झन्डा दिँदै औपचारिक सुरुवात गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित ‘फ्लाग अप’ कार्यक्रममा शर्माले सफा हिमाल अभियानका ‘क्याम्पेन लिडर’ सेनानी आदित्य कार्कीलाई झन्डा हस्तान्तरण गरेका हुन्।

अभियानमा सेनाका १२ र  व्यवसायीक शेर्पा आरोहीका १५ जना रहने अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए। आवश्यक परेको अवस्थामा गैह्र सैनिक आरोहण दलका गाइडहरूको पनि सहयोग लिइने देउजाको भनाइ छ।

सेनाको १२ जनाको टोलीमा १० जनाको टोली सगरमाथा आधार शिविरमा र २ जना आपत्कालीन प्रयोजनका लागी नाम्चेमा रहने छन्। अभियान संचालानका लागी सेनाले चैत्र ४ गतेदेखि ७ गतेसम्म जोमसोम-थोराङ्ग ला-जोमसोम मा २५ जनालाई सम्मिलित गराइ ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोमेन्ट’ तालिम समेत गराएको थियो। जसमा थोराङ्ग-ला पासदेखि मुक्तिनाथको एक्ले भट्टीसम्म २५ बोरा (४५० केजी नकुहिने) फोहोरहरू सङ्कलन गरिएको थियो।

‘सफा हिमाल अभियान २०२४’ को लागि सेनाको टोली

सन् २०१९ मा ल्होत्से हिमालबाट सभा अभियान सुरु गरेको सेनाले सन् २०२१, ०२२ र ०२३ मा गरी ९७,२५६ केजी फोहोर, ४ वटा शव र २ वटा मानव कङ्काल ल्याइसकेको छ। सन् २०२३ सम्म सेनाले ल्होत्से, पुमोरी, मकालु, धौलागिरी, आमदब्लम, सगरमाथा, मनासलु, अन्नपूर्ण र बरुञ्चे हिमालहरू सफाइ गरेको छ।

सफा हिमाल अभियान २०२४ अन्तर्गत सेनाले सगरमाथा क्षेत्रको नुप्चे, ल्होत्से र सगरमाथा हिमालबाट १० टन फोहोर र पुष्टि भएका ५ वटा शव ल्याउने सेनाको तयारी गरेको छ। यस वर्षको सफा हिमाल अभियान लागी सेनाको टोली २०८१ वैशाख २ गते सगरमाथा आधार शिविर जाने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved