दुधकोशीमा डुबेर २ युवाको मृत्यु

नेपालभ्युज

दुधकोशीमा डुबेर २ युवाको मृत्यु

काठमाडौं । भोजपुरको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार अन्य साथीहरुसहित पौडी खेल्न गएका उनीहरुलाई भेलले बगाएको थियो ।

मृतक दुवैजनाको शवलाई पोष्टमाटमको लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved