छुरा प्रहार गरी जनकपुरमा एक युवकको हत्या

नेपालभ्युज

छुरा प्रहार गरी जनकपुरमा एक युवकको हत्या

जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

महोत्तरीको भटौरियाका २० वर्षीय प्रीतकुमार महासेठको जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा टोलमा छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रीतकुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

धनुषा प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको र हत्यामा संलग्नहरुको खोजी भइरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved