सभामुखसहितको समर्थनमा अधिकारीले गरे गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश

नेपालभ्युज

सभामुखसहितको समर्थनमा अधिकारीले गरे गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

एमालेसँगै नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यसमा सभामुख कृष्णप्रसाद धितालको समेत सङ्ख्या गनिएको छ । तर, सभामुखको समेत समर्थनमा बनेको सरकारबारे राम्रो नजिर भने छैन । यसअघि कोशी प्रदेशमा त्यसै गरिएको थियो । उक्त सरकारलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । गण्डकीमा पुन: त्यही घटना दोहोर्‍याइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि कम्तिमा ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित ८ र मनाङे गरी ३१ पुर्‍याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved