प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगदरहित भुक्तानीसम्बन्धी सम्झौता

नेपालभ्युज

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगदरहित भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरूले प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न सक्ने भएका छन् ।

साथै, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र ट्याक्सी व्यवसायबीच बिहीबार सम्झौता भएको छ ।

बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजुराना मगर तथा गण्डकी ट्याक्सी व्यवसायको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराईएको क्युआरमार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

गण्डकी ट्याक्सी व्यवसयामा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराईएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved