अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी

नेपालभ्युज

अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे ।

उनले गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए । उनले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भएपनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताए। उनले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभएपनि औसत आर्थिक वृद्धि हुने दाबी गरे ।

गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको बताए । उनले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताए । उनले अर्थतन्त्रको वाह्य क्षेत्र सवल रहेको दाबी गरे । उनले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता पुगेको बताए । उनले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताए ।

उनले बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको बताए । सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौति सरकारसँग रहेको बताए । उनले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताए।

उनले अर्थतन्त्र र व्यवसायमा रहेको शिथिलता चिर्ने सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको शिथिलता हटाउनको लागि उपायहरु रहेको भन्दै अर्थतन्त्र सिथिलता भयो भन्दैमा निराश हुने अवस्था नरहेको बताए । उनले अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्ने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गरे ।

उनले अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक रहेको बताए। उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएकोले आत्तिनु पर्ने अवस्था नभएको बताए । उनले विदेशी मुद्रा सञ्चितिलाई सरकारले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्र मनोबल गिराएर होइन उच्च मनोवल बनाएर व्यवसायीक गतिविधिमा लाग्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved